नियम २०२
प्रहरी सेवाबाट बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने
(१) कुनै प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएमा निजको तीनपुस्ते हुलियासमेतको
सूचना लोकसेवा आयोग, प्रहरी किताबखाना, प्रहरी चालचलन शाखालाई र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयलाई पठाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बर्खास्त भएको व्यक्ति पुन प्रहरी सेवामा नियुक्ति भएमा निजले पुन नियुक्ति भई खाएको तलब फिर्ता गराई निजलाई तुरुन्त बर्खास्त गरिनेछ ।